सत्ता गठबन्धन एमसीसी संसदमा पेस गर्न सहमत

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । अन्तत: सत्ता गठबनधन अमेरिकी सहयाेग परियाेजना एमसीसी सम्झौता प्रतिनिधिसभाको बैठकमा पेस गर्न सहमत भएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो। तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेकाे छैन।

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बस्दैछ। संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिकाे बैठक आह्वान गरेका छन्। संसद बैठककाे सम्भावित कार्यसूचीमा एमसिसी परेकाे छैन। त्यसैले कार्यव्यवस्था परामर्श समिति बैठककाे निर्णयपछि मात्रै एमसिसी आजकाे संसद बैठकमा पेश हुनेछ।

गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी थिए।

Facebook Comments Box