ज्ञानेन्द्र शाहीलाई राप्रपाको प्रवक्ता र सुशासन विभागको जिम्मेवारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चार दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् ।  फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो । भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई सोहीअनुसार राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।
Facebook Comments Box