नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तागठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने अवस्था भने नभएको बताए ।
‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुराचाहिँ होइन ।’
Facebook Comments Box