कला क्षेत्रमा सम्भावना बोकेकी लक्ष्मी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं |  कला क्षेत्रमा निरन्तर लागिरहने सोच बनाएकी नायिका, गायिका लक्ष्मी योङहाङ लिम्बुले भाषिक चलचित्र, म्युजिक भिडियो लगायत सर्ट फिल्महरुमा अभिनय गर्दै आईरहेकी छन् । नायिका, गायिका लक्ष्मीको लिम्बु भाषाको चलचित्र के.साङ्ला, पक्ताङलुङ माङ लगायतमा अभिनय कला देख्न सकिन्छ । उनको कामको प्रसंशा गर्दै बिभिन्न संघ, संस्थाले उनलाई सम्मान र पुरस्कृत समेत गरेको छ । हालै राजधानीमा सम्पन्न लिम्बु भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ मा लिम्बु पालाम विधातर्फ नायिका (मोडल) लक्ष्मी योङहाङ सम्मानित भएकी छन् । उनले ‘मुकुम्लुङ यो यो’ पालामबाट अवार्ड पाएकी हुन् । जसमा तेज बहादुर मेङ्याङ्गबोको शब्द, मनु नेम्बाङ्ग र दिलिप फुरुम्बोको स्वर रहेको छ । ‘मुकुमलुङ माङ’ कभर सङको भिडियो पनि सार्वजनिक हुने क्रममा रहेको छ जसमा लक्ष्मी योङ्हाङ र तान्छोहाङ इङनामको अभिनय रहेको छ । मुकुम्लुङ माङ बिष्णु इङनाम को शब्द उत्तमजङ लावतीको सङित र मिलन नेवारको स्वर रहेको छ । जसबाट मिलन नेवारले उत्कृष्ट गायिका अवार्ड हात परेकी छिन भने उत्कृष्ट शब्दकार बिष्णु कुमार इङनामले हात पारेका हुन! लिम्बु जागरण गित ‘तरेमे चासोक तङ्नाम ओ चुमिरो’ बोलको गीत लिम्बु समुदायमा निकै लोकप्रिय बनेको थियो । जसमा लक्ष्मीलाई निर्मल सुब्बाले स्वरमा साथ दिएका छन् । दर्जन म्युजिक भिडियामा मोडलिङ गरिसकेकी नायिका लक्ष्मी छोटै समयमा आफुलाई कला क्षेत्रमा स्थापित गराउँन सफल मध्येमा पर्दछिन् । प्रतिस्पर्धाको जमना छ रंगिन दुनियाँमा, हलका ग्ल्यामर्स हुनै पर्ने बिचार बोकेकी नायिका लक्ष्मी पछिल्लो समय चलचित्र र म्युजिक भिडियोमा ब्यस्त बन्दै छिन । उनि भन्छिन्ः ‘लकडाउनका कारण हात परेका केही म्युजिक भिडियो र चलचित्रको काम रोकियो थियो, अब भने वातावरण सहज हुँदै आइरहेकोले बिबिध कारणले रोकिन गएको कामहरु बिस्तारै अगाडी बढाउने जमर्को गर्दैछु ।’

Facebook Comments Box