एमसीसी आजै पारित गर्ने सत्ता गठबन्धनको निर्णय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता आजै अनुमोदन गर्ने निर्णय गरेको हो । आजकै संसद् बैठकमा एमसीसी अनुमोदन गरिने गठबन्धनको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताए ।

एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिए । एमसीसी संसदबाट अनुमोदन गर्न नहुन बताउँदै आएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अन्ततः पारित गर्न राजी भएका छन् ।

Facebook Comments Box