अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैं । अभिनेता पल शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गर्नुभएकाे छ । उहाँलाई केहीबेर पहिले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिनुभयो ।

यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताउनुभएकाे थियाे । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । आइतबार सामाजिक सञ्जालमार्फत उहाँले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताउँदै आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्ने बताउनुभएकाे थियाे ।

‘मेरो आफ्नो स्वास्थ्यस्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएकाे छ, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

Facebook Comments Box