बिष्टको निर्देशनमा केवल एक नजरमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। तीन दशक देखि नेपाली चलचित्रमा सकृय रुपले लागिपर्दै आइरहेका अभिनेता बिशाल बिष्टको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो ‘केवल एक नजरमा’को छायांकन सम्पन्न भएको छ । निकट भविष्य मै सार्वजनिक गरिने सो भिडियोको गीतमा स्वर तथा संगीत पूर्ण सापकोटाको रहेको छ भने शब्द सुभाष गौतमको रहेको छ । एक प्रेमीले आफ्नो मनपर्ने प्रेमिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । पुर्वझापाको बिभिन्न रमाणीय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दर्शक,श्रोताले आफ्नो अघिल्लो भिडियोलाई झैं रुचाईदिने कुरमा निर्देशक बिष्ट विश्वस्त छन ।

Facebook Comments Box