गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि शुरु

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा भोली चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता-२०७८ को तयारी पुरा भएकोछ ।उक्त प्रतियोगिताको नेपाल सरकारका गृहमन्त्री बाल कृष्ण खाँडले एक बिशेष कार्यक्रमबिच उदघाटन गर्ने कुरा आयोजकले जानकारी गराए ।
प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहनेछ । पुरुष तर्फ ५०,५५,६०,६७,७५,-८४ ,+८४,एकल काता र टिम काता गरि ९ ईभेन्टस र महिला तर्फ ४५,५०,५५,६१,-६७,+६८,एकल काता र टिम काता गरि ८ ईभेन्टस गरि कुल १७ ईभेन्टसमा १७ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा गराईनेछ । प्रतियोगितालाई ब्यवस्थित,मर्यादित ,अनुशासित ,धाँधली रहित , सभ्य र भव्य रुपमा सन्चालन गरि सम्पन्न गर्नका लागि मुल आयोजक समिति र उप-समितिहरु पनि गठन गरिएको छ।
उक्त मुल आयोजक कमिटीमा कार्यकम संयोजक बद्री नाथ श्रेष्ठको अध्यक्षतामा ५ सहस्यहरु धनविर महर्जन, पन्च कुमार महर्जन, प्रितम महर्जन, ओम कृष्ण कायस्थ,सुजना श्रेष्ठ र माधव श्रेष्ठ रहेको छ भने ,बिभिन्न उप-समितिहरु पनि गठन गरिएको छ । उक्त उपसमितिहरुमा ,समारोह तथा प्रचार प्रसार संयोजकमा गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ , सदस्यहरुमा बद्री कुमार खत्री र सुजना श्रेष्ठ,खाना ब्यवस्थापन समिमति संयोजक धनविर महर्जन,यातायात तथा बसोवास ब्यवस्थापन समिति संयोजक पन्च कुमार महर्जन, निर्णायक संयोजकमा राजेन्द्र कपाली,सुरक्षा तथा स्वयम सेवक ब्यवस्थापन संयोजक प्रितम महर्जन,स्वास्थ्य संयोजक ओम कृष्ण कायस्थ,सुचना तथा प्रबिधि संयोजक राजेन्द्र कुमार क्षेत्री र अनुशासन तथा एक्सन समिति संयोजक राम कुमार थारु र बद्री कुमार खत्री लाई तोकिएको छ ।
त्यसैगरि यस प्रतियोगितालाई भव्य र सभ्य रुपमा सन्चालन गरि सम्पन्न गर्न करिव २२ लाख रुपैया खर्च हुने र उक्त रकम केही संघ-संस्था लगायत मनकारी ब्यक्तीत्वहरु बाट संकलन गरेको र बाकी नपुग रकम आयोजकले ब्यवस्था गर्ने आयोजक कमिटीका अध्यक्ष एवम संयोजक बद्री नाथ श्रेष्ठले जानकारी गराए । यस प्रतियोगिता लगातार २ दिनसम्म काठमाण्डौ बलम्वु स्थित डि.वी पार्टी भेन्युमा सन्चालन हुनेछ ।
Facebook Comments Box