गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न, नेपाली सेना टिम च्याम्पिएन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौंं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा मंगलवार देखि सन्चालन भएको गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता-२०७८ बिशेष समारोहका बिच सम्पन्न भएकोछ ।

उक्त प्रतियोगितामा ९ स्वर्ण सहित नेपाली सेना टिम च्याम्पियन बन्न सफल भए भने बागमती प्रदेश ५ स्वर्ण सहित दोश्रो हुन सफल भयो । त्यसैगरि गण्डकी प्रदेशले १ स्वर्ण ४ रजत र ६ कास्य सहित टिम तेश्रो मा चित्त बुझायो ।कर्णाली प्रदेश उत्कृष्ट अनुशासित टिम घोषित भए भने पुरुष तर्फ गण्डकी प्रदेशका बुद्ध लामा र महिला तर्फ बागमती प्रदेशकी श्रद्धा थापा उत्कृष्ठ खेलाडी घोषित भईन ।

६ प्रदेश र नेपाली सेना सहभागी भएको उक्त प्रतियोगितामा खेलकुद क्षेत्रमा बिशिष्ठ योगदान पुर्याए बापत बिशिष्ठ महानुभावहरुलाई सम्मान गरेका थिए । बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि पुर्व उप-प्रधानमन्त्री माननिय प्रकाशमान सिंह,नेपाल कराते महासंघका कार्यवाहक एवम नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि,प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ,निर्णायक संयोजक राजेन्द्र कपाली,कार्यलय प्रमुख राजेन्द्र क्षेत्री,अखिल नेपाल खेलकुद महासंघका सदस्य ऐटन मल्ल,लगायत स्थानिय समाजसेवी,पत्रकारहरुले बितरण गर्नुभयो । कार्यक्रम संयोजक पुर्व कराते प्रशिक्षक बद्रीनाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिता अन्तराष्ट्रिय रेफ्री एवम नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ र सन्चारकर्मी सुजना श्रेष्ठले सन्चालन गरेका थिए । चैत्र १५ देखि सन्चालन भएको उक्त प्रतियोगिताको पुर्व युवा तथा खेलकुद मन्त्री माननिय राजन कुमार के सी ज्यु ले एक बिशेष कार्यक्रमबिच उदघाटन गर्नुभएको थियो ।

 

Facebook Comments Box