१८ पालिकाको अन्तिम नतिजा सार्वजनिक: कसले कति जिते ?

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ  । स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहमा मतगणा भइरहेको छ । केहीमा भने अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ ।

आइतबार बिहान ८ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका १८ पालिकामध्ये कांग्रेस-एमालेले समान ७-७ पालिकामा जित हात पारेका छन् । माओवादी र समाजवादीले समान २-२ पालिका जितेका छन् ।

 

हालसम्म सार्वजनिक अतिजाअनुसार उपप्रमुखमा १९ पालिकाको नतिजा सार्वजनिक भएको छ । मतगणना जारी रहेका पालिकामध्ये सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । कांग्रेस २६७ पालिकामा अग्र स्थानमा हुँदा एमाले १६७ पालिकामा अग्र स्थानमा छ । माओवादी १०६ र नेकपा एकीकृत समाजवादी १३ पालिकामा अगाडि छ । यस्तै जनता समाजवादी २४ र लोसपा ७ पालिकामा अगाडि छ । २६ पालिकामा अन्य उम्मेदवार अग्र स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *