यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: छात्रामाथि यौनदुर्व्यहारको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन् । छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक अधिकारीमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरु मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि महानगरीय प्रहरी वृत्त गौशाला अगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि प्रहरीले अभिभावक र शिक्षकलाई छलफलका लागि प्रहरी वृत्त गौशालामा बोलाएको थियो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *