फोहरलाई घरैबाट वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्नेमा जोड

समाचार
खवर पाटी (खोज खबरको अभियान)

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा रहेको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पूmलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल प्रा.लि.सँगको प्राविधिक सहकार्यमा फोहरमैला वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाको सभापतित्व, सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लछुराम न्यौपाने, वडा नं. ३ का वडा अध्यक्ष दीपेन्द्र केसीको विशेष आतिथ्य, नेपाल पूmलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजेश कटवालको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीकृष्ण विष्टले सदस्यहरुको आर्थिक उत्थानसँगै टोल, वडा र समग्र समाजको विकासमा योगदान पु¥याउने चाहना रहेको चर्चासँगै फोहरलाई घरैबाट वर्गीकरण गरेर कुहिनेबाट मल र नकुहिनेबाट पुनप्र्रयोगका सामान बनाउन सके कृषि उत्पादन बृद्धिसँगै आर्थिक उपार्जनमा बल पुग्नेमा जोड दिए । स्वागत मन्तव्यका क्रममा सचिव यादव सिलवालले फोहरलाई सही वर्गीकरण गरेर प्रयोग गर्न सकिए चौतर्फी लाभ हासिल गर्न सकिने बताए ।

कार्यक्रममा नेपाल पूmलबारीका प्रबन्धक गणेश रावतले फोहर वर्गीकरणसम्बन्धी, सुप्रभा आचार्यले गड्यौला मलसम्बन्धी, विकास थापाले कुहिने फोहरबाट मल बनाउनेसम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा सलमपाखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका राजकुमार सिलवाल, विज्ञ उत्तम निरौलाले मन्तव्य दिएका थिए भने कार्यक्रमबाट सूर्यविनायक नगरपालिका वडा नं. ४ र ३ का सयजनाभन्दा बढी सहभागीहरु लाभान्वित भएको जानकारी घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक उद्धव सिलवाल खत्रीले दिएका छन् । सहभागीहरुले फोहरलाई मोहरमा परिणत गर्न ढिलाई गर्नै नहुने हुरा आपूmहरुले सिकेको उल्लेख गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *