विश्वभरका धनाढ्यहरूको सेलिब्रिट सूची: बलिउड कलाकारमा अक्षय कुमार मात्र समेटिए

खवर पाटी (खोज खबरको अभियान)

मुम्बई । अभिनेता अक्षय कुमार यो वर्ष पनि भारतका सबैभन्दा बढी कमाउने कलाकारको सूचीमा परेका छन् । विश्वभरका धनाढ्यहरूको सूची तयार गरेर सार्वजनिक गर्ने फोब्स म्यागेजिनको सन् २०२० को सूचीमा बलिउड कलाकारमा अक्षय कुमार मात्र समेटिएका छन् । उनी बलिउडका यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने कलाकारको सूचीमा परेका छन् ।

उनी गत वर्ष पनि फोब्सको सूचीमा परेका थिए । अभिनेता अक्षय कुमारले ४८.५ मिलियन डलर अर्थात् ३६२ करोड भारतीय रुपैयाँ आम्दानी गरेको फोब्सले आफ्नो रिपोर्टमा सार्वजनिक गरेको छ । फोब्सको सूचीमा अभिनेता अक्षय कुमार ५२औं नम्बरमा छन् । अक्षय कुमारले चलचित्र र विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन् ।

फोब्सले सेलिब्रेटीहरूको छुट्टै सूची तयार गर्दै आएको छ । यो सूचीको पहिलो नम्बरमा हलिउड अभिनेत्री केली जेनरलाई फोब्सले राखेको छ । केलीले यो वर्ष ५९० मिलियन डलर आम्दानी गरेकी छन् । यता अभिनेता अक्षयले फोब्सको धनाढ्य सेलिब्रेटी सूचीमा हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि पछि पारेका छन् । आफ्नो नाम यो सूचीमा परेकोमा अभिनेता अक्षय कुमारले दर्शकलाई धन्यवाद दिएका छन् । दर्शकहरूको मायाले आफू यसपटक पनि यो सूचीमा पर्न सकेको उनको कथन छ ।

Facebook Comments Box