जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा

खवर पाटी (खोज खबरको अभियान)

लस एन्जल्स । हलिउड स्टार अभिनेत्री जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषमा जम्मा गर्नका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा गरेकी छन् । आफूसँग फिल्मका नग्न तस्बिर बाहिर नआएकाले ती तस्बिरले राम्रो पैसा पाउने विश्वास उनको छ ।

उनी कोरोना संक्रमणविरुद्धको अभियानमा छिन् । आफ्नो तर्फबाट कोरोनाविरुद्धका लागि खोलिएको कोषमा उनी धेरै पैसा जम्मा गरेर कोरोना पीडितका लागि काम गर्ने पक्षमा छिन् । यो राम्रो कामका लागि आफूले एक समयको नग्न तस्बिर लिलाम गर्न लागेको यी अभिनेत्रीले घोषणा गरेको बताएकी छन् ।

अभिनेत्री जेनिफरले सन् १९९५ मा केही नग्न तस्बिर खिचाएकी थिइन् । ती तस्बिरले अहिलो राम्रो मूल्य पाउने विश्वास यी अभिनेत्रीको रहेको छ । अभिनेत्री जेनिफरले प्रतिनग्न फोटोको दाम ६ हजार ८ अमेरिकी डलर राखेकी छन् । यी फोटा बिक्रीबारे उनले सामाजिक सञ्जालबाट आह्वान गरेकी हुन् ।

आफ्नो न्युड तस्बिरको बिक्रीबाट आएको सबै रकम कोरोना संक्रमणविरुद्धको कोषमा जम्मा गर्ने भएकाले आफ्ना नग्न तस्बिर किनेर सघाउन पनि यी अभिनेत्रीले अनुरोध गरेकी छन् । एजेन्सी

Facebook Comments Box