शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा कोरोना संक्रमितको संख्या ७५ पुगे

खवर पाटी (खोज खबरको अभियान)

पोखरा । पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र नवलपुरमा नयाँ संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीमा ३ जना, स्याङजामा १० जना र बागलुङमा १ थप संक्रमित फेला परेका छन् ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षिय पुरुषमा र पोखरा महानगरपालिकाका ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यसैगरि स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्षिय पुरुषमा कोरोना संक्रमण देखीएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी बागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको स्वाबमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Facebook Comments Box