जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लालागि भएको शाहीको दाबी छ ।

प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको जुम्लामा यसअघि माओवादीबाट २२ हजार १ सय ७३ मत ल्याएर गजेन्द्रबहादुर महत विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार मतले हराएका थिए ।

मंसिर ४ गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेको छ । निर्वाचन मिति घोषणासँगै विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी घोषणा भइरहेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *