मुस्लिम आयोग पाल्पा द्वारा अनुगमनमा कडाइ

खवर पाटी (खोज खबरको अभियान)

आज पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं ४, मुस्लिम बस्ती इस्लामपुरमा कोरोना सम्बन्धि जानकारी र बचाउको लागि गरिएको लकडाउनको अनुगमनका साथै सम्पूर्ण इस्लामपुर बासीहरुमा ज्वरो परिक्षण गरियो ।

हाल सम्म परिक्षण गरिएका सबैको शरीरको तापक्रम सामान्य रहेको र लकडाउनको पालना गरिएको पाइयो ।

मुस्लिम आयोग जिल्ला लकडाउन अनुगमन समिति र स्थानीय संस्था इस्लामिक सक्रिय युवा समाजको आयोजनामा गरिएको अनुगमनमा आयोगका तर्फबाट संयोजक इर्शाद अलि शेख, स्वास्थ्यकर्मी मजिबुर रहमान शेख, मदरसा नुरुल हुदा बि॰ ब्य॰ स॰ अध्यक्ष सहादत हुसैन शेख संस्थाका तर्फबाट उपाध्यक्ष निसार अहमद, सचिव अमिन शेख, संस्थाका पुर्व अध्यक्ष मो. इब्राहिम मियाँ र सदस्यहरु, जाकिर हुसैन, रहिमुल्लाह मियाँ, मकबुल बख्स को उपस्थिति रहेको थियो ।

Facebook Comments Box