रमजान सम्बन्धित संदेश र सुझावहरु

खवर पाटी (खोज खबरको अभियान)

मेरा प्यारा इस्लामी दाजुभाईहरु तथा दिदीबहिनीहरु अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु

सर्वप्रथम म तपाईहरुलाई यो रमजान मुबारक महिनाको मुबारक बाद दिन चाहन्छु। यो अति नै महत्त्वपूर्ण महिना हो जुन हामीले आफ्नो जीवनमा एक पटक फेरी पाएका छौँ। यो महिना विभिन्न हिसाबले बडो पूर्ण रहेको छ। यसै महिनामा समस्त मानवजातिको मार्गदर्शन को लागि सत्य ईश्वरको तर्फबाट उपहारस्वरूप कुरआन मजीद को अवतरण भयो र यसै महिनामा हामी सबैले ब्रत बस्ने गर्छौँ। यो ब्रतको उपदेश के रहेकोछ भने हामी सबै भित्र सत्य ईश्वर अल्लाहको भय उत्पन्न होस् र हामी सबैले अल्लाह ले दिएको मार्गदर्शन कुरआन मजीद आनुसार जीवनयापन गरौँ। यो हिसाबले कुरआन मजीद र यो रमजानको महिना दुवै एक अर्काको पुरक हुन्। हामीले दुवैलाई सँगै जोडेर अगाडि बढ्नुपर्छ अर्थात पुरै महिनाको रोजा बस्नुपर्छ र साथसाथै हामीले बढीभन्दा बढी कुरआन मजीदको पनि पाठ अर्थ सहित गर्नुपर्छ। किनभने कुरआन मजीदको अवतरणको उद्देश्य नै मानवको मार्गदर्शन हो। यो समस्त मानवको लागि मार्गदर्शन हो।

यसमा सत्य र असत्यलाई पूर्णरूपमा छुट्याईएको छ। तसर्थ हामी यो महिनामा रोजा पनि बसौँ र बढीभन्दा बढी कुरआन मजीदको पाठ पनि गरौं। दाजुभाई तथा दिदीबहिनीहरु आज महिनों देखि हामी मानव विश्व व्यापी स्तरमा कोरोनाको महामारीमा फसेका छौँ जसबाट हाम्रो देश पनि अछुतो रहन छ। तसर्थ यो महामारीबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न को लागि लकडाउन गर्ने नियम सरकारले ल्याएको छ। ताकि हामी एक अर्काबाट टाढा रहेर यस रोगको संक्रमणबाट बच्न सकौँ। र यसको साथै यसबाट बच्नको लागि अन्य साधन हरुपनि अपनाऔँ जसबारे हामीलाई पटक पटक जानकारी गराउदै छ। धार्मिक रूपमा हामी मुस्लिमहरु पाँच समयमा मस्जिदमा भेला भएर फज्र जोहर असर मग्रिब र इशाको नमाज पढ्ने गर्छौं। अहिले यो महामारीको कारण जुन सामाजिक दूरी बनाउन सरकारले निर्णय गरेको छ हामी सबैले पनि यसको पालन गर्नु जरुरी छ। ताकि हामी पनि यसको संक्रमण बाट सुरक्षित रहन सकौँ।

यस समयमा म सबै दाजुभाईहरुलाई खासगरी के अनुरोध गर्न चाहन्छु भने सरकारले जुन नियम लियाएको छ यसलाई हामी पनि पूर्ण रुपमा व्यवहारमा ल्याऔं र यसको पालना गरौं। यसको साथसाथै आफ्नै घरमा निम्न कार्यहरु गर्ने गरौं। * समयमा सबै नमाज़ जुन फर्ज अर्थात् अनिवार्य हो हामी सबै पढ्ने गरौं। * यसको साथ साथै सुन्नत नमाज़ पनि पढने गरौँ किनभने यस महिनामा सुन्नत को सवाब फर्ज बराबर हुन्छ। * बढीभन्दा बढी कुरान पाठ गरौं र यसको संदेश पनि बुझ्न प्रयास गरौँ। * बेलाबेलामा अल्लाह सित हामी सबै दुआ र प्रार्थना पनि गर्ने गरौं किनभने सबै समस्याको समाधान अल्लाहको हातमा नै रहेको छ उनले चाहेमा एकछिनमै हाम्रो यो समस्याको निवारण हुन सक्छ तसर्थ हामी सबै उनी सित नै दुआ र प्रार्थना गर्ने गरौं। * यसको साथै रमजानको महिना बढी पुन्य कमाउने महिना पनि हो त्यसैले हामी सबै आफ्नो छरछिमेकमा रहेका गरिबहरू माथि ध्यान राखौं र उनलाई के को आवश्यकता छ भने हामी सक्दो सहयोग गर्ने पनि निधो गरौँ। *

यो रमजानको महिनामा एउटा बिशेष नमाजको पनि अन्तिम सन्देशटाले उपदेश दिनु भएको छ त्यो रातिको नमाज़ हो जसलाई क़्यामुल्लैल अथवा तरावीह भनिन्छ, यो पनि हामी पढ्ने गरौं। त्यसमा कुरआन मजीदको पाठ को साथै अल्लाह सित प्रार्थना पनि गर्ने गरौं। मेरा प्यारा भाइबहिनीहरू यो लकडाउनको कारण हामी एक किसिमको मारमा परेका छौं। यसै अवस्थामा हामी रोजा पनि बसछौं र ईद पनि मनाउने छौं। आशा छ तपाईंले यी कुराहरु मा ध्यान दिनु हुने छ। अल्लाह हामी सबैले यो रमजानको महिनामा गरेको पुन्य कार्यलाई स्वीकार गरुन् र यसको उत्तम प्रतिदान पनि प्रदान गरुन्।आमीन सुम्म आमीन! धन्यवाद

  • जुलफकार अली
Facebook Comments Box