झलनाथ खनाल भन्‍छन्- म बुढो भए पनि मेरा विचारहरु जवान छन्

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका हुन् ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिस्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिस्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिस्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिस्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’

बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।

‘एकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौं’ उनले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *