यस्तो छ आजको मौसम, सामान्य देखि भारी वर्षाको सम्भावना

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भू भागका केही र बाँकी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू भागमा सरदर स्थानमा र पूर्वी भू भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *