घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झना

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ। बिगतका वर्षहरु झै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरि घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दिप प्रज्वलित, एक मिनट मौनधारण गरि कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १७ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । समाजसेवि दिपेन्द्र बिष्टको प्रमुख आतिथ्यता र जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा आआफ्नो क्षेत्रमा परिचित ब्यक्तित्वहरु विज्ञान अर्याल, सनत गीरि, शीव खत्री, ज्योति गीरि आदिको उपस्थिति रहेको थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी बिकास तथा भवन निर्माण बिभागले प्रयाप्त रकम बिनियोजन नगरेका कारण तीन वर्ष देखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेकोमा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा भावुक हुँदै दुःख ब्यक्त गर्नु भएको थियो । उहाँका अनुसार ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यलाई अगाडी बढाउनको लागि अमेरिका, बेलायत, रसिया, कोरिया, फिन्ल्याण्डको दूतावासमा समेत सहयोगका लागि अपिल गरिने छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के सहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *