चुनौतीपूर्ण बन्दै गएको संविधानको कार्यान्वयन पक्ष

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

आज आठौं संविधान दिवस । संविधान दिवसको अवसरमा समग्र देशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं २०७२ सालमा जारी भएको संविधान नेपालको इतिहासमा भने सातौं पटक जारी भएको संविधान हो । तर संविधानसभाबाट जनताका प्रतिनिधिले जनसँग प्रत्यक्ष परामर्श गरेर निर्माण गरेको र जारी भएको भने पहिलो संविधान हो । यसै संविधान कार्यान्वयन भएपछि नेपालमा राजतन्त्रको औपचारिक विदाई भएको थियो भने संघीय लोकतान्ँित्रक गणतन्त्र कार्यान्वयन भएको हो । नेपाल हिन्दू राज्यबाट धर्म निरपेक्षता, आरक्षण, सात प्रदेशमा संघीयता र स्थानीय सरकारको संविधानमा नै उल्लेख गरिएर जनताको अधिकारलाई समावेश र सुनिश्चित् गरेकोले संविधानको यो संविधानको विशिष्ठता छ ।

नेपालको संविधान को विशेषता के हो भने यसले ७० वर्षदेखि नेपाली जनताले गरेको संघर्षको लक्ष्य प्राप्ति गर्दै त्यसलाई लिपिबद्ध गरेको छ। २००७ सालदेखि नै गणतान्त्रिक संविधान लेख्न संविधानसभाको निर्वाचन गर्ने नेपाली सपना साकार पारेको छ। त्यसका लागि सयौं नेपालीले ज्यानको आहुति दिएका छन्। यो सानो बलिदानबाट प्राप्त उपलब्धि होइन। समावेशी र समानुपातिक व्यवस्था यो संविधानको मौलिक विशेषता हो। नागरिकलाई ३१ वटा मौलिक हक उपलब्ध गराउने संवैधानिक व्यवस्था विरलै देशमा हुनुपर्छ। धर्मनिरपेक्षता यो संविधानको अर्को मौलिकता हो। संघीयता झनै महत्त्वपूर्ण व्यवस्था यो संविधानले गरेको छ। तीन तहका सरकारको प्रावधानसहितको संविधानकै कारण आज मुलुकमा ७ सय ५३ स्थानीय, ७ प्रदेश र १ संघीय सरकार छ। जनताको घरदैलोमै सरकार पुर्‍याउने भनेको यही संविधानको गरेको व्यवस्था हो।

तर संविधानको कार्यान्वयनको आठौं वर्ष भइरहँदा संविधान कार्यान्वयनमा धेरै अप्ठेराहरु देखा परेका छन् । सरकार, संसद र न्यायालयमा गम्भीर अस्थिरता देखापरेको छ । दलहरुबीच मनमुटाव भइरेको छ । मशेर र तराईका क्षेत्र र त्यहाँका केही समुह र राजनीतिक दलले संविधान दिवसलाई कालो दिन भनेर विरोध गरिरहेका छन् । दुई पटक जनताको संसद विघटन गर्ने प्रयास भए, दलीय खिचातानीमा सरकारको गठन र विघठनको फोहोरी खेल चलिरहेको छ । भ्रष्टाचार र कुशासन व्याप्त देखिन्छ । मुलुकमा अराजकता र अस्तवेस्ता र दलहरु संविधानको मार्ग र लक्ष्यबाट भट्कीएको अवस्था देखिन्छ । यसले संविधानको कार्यान्वयनमा चुनौती थपिरहेको छ । संविधानको मुल कार्यान्वयन र सफलता जनताले पाएको अधिकारबाट जान्ने हो । त्यसैले जनताको हक अधिकारलाई सुनिश्चित् गर्ने र सवैले अपनत्व लिन सक््ने सवैको संविधान र संविधानले देखाएको मार्ग र लक्ष्य तर्फ सवैले लाग्नु पर्ने अवस्था देखिन्छ । संविधान दिवसको अवसरमा सवैमा शुभकामना ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *