राष्ट्रपतिबाट राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भयो: रामचन्द्र पौडेल

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम गरेको बताएका छन् ।

राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि नेता पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका हुन् । बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएकोमा आक्रोष पोखेका हुन् । उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् ।
उनले भनेका छन्,ुबारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।ु
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *