संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : झलनाथ खनाल

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् । बुधबार काठमाडौँमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

 

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको जिकिर गरे । उनले आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताए ।

यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे । खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद् भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *