सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ-  सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जोशीको निधनमा शोक व्यक्त गर्न देशभरि सार्वजनिक बिदा दिने निर्णय सोमबार गरेको हो। त्यस्तै, गृह मन्त्रालयले जोशीको निधनमा देशभरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

जोशीको १०३ वर्ष उमेरमा सोमबार निधन भएको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *