स्वयंभूमा पदक विजेता खेलाडिलाई सम्मान

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्वयंभू एथलेटिक्स ट्रेनिङ सेन्टरले शनिवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । दीवापली, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर क्लबले चियापान कार्यक्रम गरेको हो । कार्यक्रममा खेलाडि, प्रशिक्षक, विभिन्न खेल क्षेत्रका व्यक्तिहरु उपस्थित भएका थिए । कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदको फेन्सिङ सेभर टिम ईभेन्टमा रजत पदक बिजेता सोयब मान श्रेष्ठ, कास्य बिजेता राहुल दर्शन, बर्लिन म्याराथुन ६० बर्ष माथी समुहमा सहभागी रामकृष्ण महर्जन र लन्डन म्याराथुनमा सहभागी धर्म महर्जनलाई सम्मान गरिएको थियो । यस्तै फेन्शिङका मुख्य प्रशिक्षक अभिषेक कार्की र तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीपमा पदक विजेता मोहम्मद ताज आलम लगाएत विभिन्न क्षेत्रका २६ जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम स्वयंभू एथलेटिक्स ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक एवं अध्यक्ष रमेश सुनारको सभापतित्वमा सम्पन्न भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *