काठमाडौं क्षेत्र नं ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले गरे घोषणा पत्र सार्वजनिक

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मंसिर ४ गते हुन् गईरहेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । रिजालले स्थानिय चुनावमा आएको परिवर्तन तथा जन मानसको भावना अनुसार आफुले आफ्नो मनोनयन दर्ता गरेको बताउदै देशको आर्थिक अवस्था संकटपूर्ण रहेको र विकासको अवस्था न्यून रहेको तथा जनताको मत अनुसार काम(कारवाही हुन् नसकेकोले जनमानसको इच्छा (चहाना पूर्ण गर्ने अभिप्रायको साथ आफुले मनोनयन दर्ता गराएको उल्लेख गरेका छन् ।

रिजालद्वारा सार्वजनिक घोषणा तथा प्रतिबद्धता पत्रमा प्राविधिक शिक्षा, गुणस्तरिय तथा निस्शुल्क स्वास्थ्य सेवा र रोजगारी सिर्जना, उद्यमशिलताका विषयहरु मुख्य प्रथामिकतामा रहने छ उल्लेख छ ।त्यस्तै उनले गरिबी निवारण सम्बन्धि हाल संचालित विभिन्न कार्यक्रमहरु लाई एकद्वार प्रणालीमा ल्याई प्रभावकारी ढंगले अघि बढाउनमा आफुले भूमिका खेल्ने जनाएका छन् । “आधुनिक कृषि उत्पादन जोड दिई आयात कम गरि बैदेशिक ब्यापार घाटालाई न्यूनीकरण गर्नमा भूमिका खेल्ने छु,आन्तरिक तथा बाय्ह पर्यटनमा जोड दिई रोजगारीको सिर्जना गरि आर्थिक उन्नति गर्नेछु, आफ्नो धार्मिक, कला, भेष, भुषा, संस्कृतिलाई प्रवर्धन गरि पर्यटकीय विकास गरिनेछ र आर्थिक उन्नति गरिनेछ,नवीकरणीय उर्जाको उपभोग मार्फत रोजगारी सिर्जना तथा आर्थिक वृद्धिमा पहल गर्नेछु, प्राकृतिक श्रोत साधन को उच्चतम प्रयोग मार्फत पर्यटकीय विकास, रोजगारी र आर्थिक वृद्धि मा भूमिका खेल्नेछु,स्थानीय सरकारहरुले लाएका योजना सफल पर्न संसदमा आवाज उठाउनेछु ,मानव अधिकार हक, हित सम्बन्धि संसदमा आवाज उठाइनेछ र र देशको शान्ति सुरक्षा मा जोड दिनेछु, शिक्षक, कर्मचारी, पेशाविदहरु, तथा विद्यार्थिहरुलाई राजनीतिक दलमा संलग्न हुन अनिवार्य जस्तो वनाइएको परिवेशको विरुद्ध उभिनेछु । यि सम्पूर्ण क्षेत्रमा राजनीति निषेध गर्न कानुन पेश गर्नेछु” रिजालले घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भनेका छन् ।

साथै, उनले मतदाता तथा समग्रमा नेपाली जनता समक्ष स्वतन्त्र सांसद भएको कारणले आफु सरकारमा नजाने छैन र यदी जानु परेको परिस्थितिमा स्वतन्त्र हिसाबले काम गर्ने अवसर प्राप्त भएमा मात्र सरकारमा समाबेश हुने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
उनले अत्यन्तै जरुरी काम परेको अवस्थामा वाहेक संसद् बैठकमा आफु अनुपस्थित नहुने, तोकिएको संसदीय समितिमा सदस्यको रुपमा रही सकृय भूमिका निर्वाह गर्ने र आफु सदस्य रहेको संसदीय समितिलाई राजनीतिक दलको प्रतिछायाँ बन्न नदिने प्रण गरेका छन् । त्यस्तै उनले सुशासन, भ्रष्टाचर नियन्त्रण, पारदर्शिता बृद्धि, मानव अधिकार प्रवर्धन, जनउत्तरदायी शासन व्यवस्था, मूल्य नियन्त्रण, वातावरण संरक्षण, प्राकृतिक स्रोत साधनको सदुपयोग, प्रदुषण नियन्त्रण, वजार अनुगमन जस्ता जनसरोकारका विषयमा विद्यमान कानुनमा गर्नु पर्ने परिमार्जन तथा नयाँ विधेयक आवश्यक पर्नेमा नयाँ विधेयकहरु निजी विधेयकको रुपमा संसद्मा पेश गर्ने बताएका छन्।साथै उनले साँसद् पदलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दलाली गर्ने, विकास वजेटको दुरुपयोग गर्ने आदि कार्य गरी अनियमित कमाई गर्ने साधन नवनाउने, महंगी, मूल्यबृद्धि, कालोवजारी नियन्त्रण गर्न तथा कम गुणस्तरका विकास निर्माण रोक्न एवं फोहरमैला व्यवस्थापन, वातावरण संरक्षण जस्ता कार्य गर्न हरपल तैनाथ हुने,लोभ, प्रलोभन तथा दवावमा सर्वसाधारणको धर्म परिवर्तन गर्न नदिने, सबैले मानिआएको आ आफ्नो सनातन धर्मको सम्मान र आदर गर्ने प्रतिबद्धता समेत जायर गरेका छन् ।

रिजालले राज्यलाई नै समग्रमा आर्थिक क्रान्तीमा केन्द्रीत गराउन आफ्नो ठाँउबाट भूमिका खेल्ने, युवाहरुलाई उचित प्राविधिक शिक्षा, क्षमता विकासका अवसर, स्वरोजगारीका तालीमहरु, उद्यमशीलताका तालीमहरु संचालन गरी देशको आर्थिक रुपान्तरणमा लाग्न अभियान संचालन गर्ने, शिक्षक, कर्मचारी, पेशाविदहरु, तथा विद्यार्थिहरुलाई राजनीतिक दलमा संलग्न हुन अनिवार्य जस्तो वनाइएको परिवेशको विरुद्ध उभिने र यि सम्पूर्ण क्षेत्रमा राजनीति निषेध गर्न कानुन पेश गर्ने पनि जनाएका छन् । “राज्यको स्रोत साधन दुरुपयोग गरी आफ्नो निर्वाचन क्षेत्रको मतदातालाई विकासको नाममा दिएको बजेट मार्फत भोट किन्ने परिपाटि अन्त्य गर्न, त्यस्तो कार्य भ्रष्टाचार मानिने दफा सम्बन्धित कानुनमा समावेश गर्न विधेयक पेश गर्नेछु । मैले ल्याएका राष्ट्रिय तथा स्थानीय एजेन्डाहरु पुरा गर्न हरपल लागि पर्नेछु” रिजालद्वारा जारी प्रतिबद्धता पत्रमा समेटिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *