जनतासमक्ष मत माग्दै अरुण घिसिङ

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मंसीर ४ गते हुन गइरहेको निर्वाचनका उम्मेदवार हुन् अरुण घिसिङ । निवाचनको मिति नजिकिंदै जाँदा आफ्नो पार्टीको पक्षमा मतदान गर्न अनुरोध गर्दै निर्वाचन अभियनमा सक्रिय रहेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको तर्फबाट बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन् । उनको चुनाव चिन्ह ‘महिला पुरुष’ रहेको छ । ‘बुहपहिचानको आधारमा प्रदेशको नामाकरण, जातिय आधारमा स्वायत्तता प्रदान’ नारा लिएर उनी जनतामामाझ पुगिरहेका छन् ।

उम्मेदवार घिसिङले जनता समक्ष मत माग्दै भनेका छन् ‘राष्ट्रघाती एमसीसी र नागरिकता विधेयकको पक्षधर उम्मेदवारको विरुद्धमा उभिएर राष्ट्रिय स्वाधीनताको पक्षधर नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको तर्फबाट वागमती प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार भएको हुँदा महिला पुरुष चुनाव चिन्हमा अमुल्य मत दिनु भई अत्याधिक बहुमतले विजयी गराउनु हुन अनुरोध छ ।’ वाग्मती प्रदेशका १३ वटा जिल्लाका मतदाताहरुले घिसिङलाई समानुपातिक तर्फ मतदान गर्न सक्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *