प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उनीहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो।यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ। यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो।

प्रतिनिधिसभा सदस्यमा डा. राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। समानुपातिकतर्फ पनि उक्त पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *