प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल मध्ये रातिबाट सकिँदै

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल आज सकिँदै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन आज मध्यरातिदेखि प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल समाप्त हुन लागेको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ गते मा बुझाउने कार्यतालिका छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको आयु सकिने प्रावधान छ।

प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । यस्तै, सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालय स्रोतका अनुसार आजको बैठकमा बोल्न प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मले नाम टिपाएका छन् । उनीहरूले अन्तिम बैठकमा समीक्षात्मक बिदाइ सम्बोधन गर्नेछन् ।

यसअघि औपचारिक बिदाइविनै संसद् अधिवेशन सकिने गरेका थिए । तर यसपटक भने अन्तिम बैठकमा प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

चालु प्रतिनिधिसभा नेपालको संसदीय इतिहासमै पहिलो दुई पटक विघटनको सिकार बनेको बनेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक विघटन गरे । पहिलोपटक २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते पुनः ओलीले प्रतिनिधिसभा विघटन गरे । दुवै पटकको विघटन सर्वोच्च अदालतले बदर गरिदियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *