जबरालाई कुनै पनि पार्टीले बोक्नु हुँदैन : रमन श्रेष्ठ

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधिवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैँलाई नोक्सान हुने बताएका हुन् ।

‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन । यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमोड गरिएको छ भन्नेबारे थाहा हुन्छ,’ उनले भने । ३५ बुँदे अभियोगमा दुई/चार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन् ।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ । उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।’अदालत रहे न बार रहन्छ । बारले चासो राख्ने नै अदालत हो । अदालतमा जग्गा दलाल जस्तै दलालहरू हाबी भए । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घूस खान पनि बिचौलिया सिर्जना गरियो,’ उनले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *