स्याङ्जा-२ बाट प्रतिनिधि सभामा धनराज गुरुङ विजयी

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

स्याङ्जा- स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराज ३१ हजार ४६६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरूबीच ५ हजार ६२७ मतकाे अन्तर रहेकाे छ ।

 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन् । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *