कैलालीको अत्तरियामा गोली चल्यो, एक जना घाइते

समाचार
खवर पाटी (खोज खबरको अभियान)

धनगढी – कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरिया स्थित पुर्बरोड बनखेतमा गोली चल्दा एक जना घाइते भएका हुन्। गोली चलाएर दुई जना फरार रहेको बुझिएको छ। गोलीबाट एक जना सुन व्यबसायी घाइते भएका छन्।

उनको अहिले पद्मा अस्पतालमा उपचार हुन नसकेपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा रिफर गरिएको छ। घाइते सुन व्यबसायी कैलालीकै घोडाघोडी नगरपालिका स्थित घोडाघोडी सुनचाँदी पसलका सन्चालक बिकास सुनार रहेका बुझिएको छ । अर्का एक सामान्य घाइते भएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *