खनालसँग चिनिया प्रतिनिधिमण्डलको भेटवार्ता, करिब १ घण्टा कुराकानी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित चार सदस्य प्रतिनिधिमण्डलले खनाल निवास डल्लुमा सोमबार मैत्रीपूर्ण भेटवार्ता गरेको छ ।

करिब १ घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशबीच सम्बन्ध अझ राम्रो बनाउने र सुदृढ गर्नेबारे छलफल भएको छ । त्यसक्रममा चिनिया प्रधिनिधिमण्डलले नेपालको समसाययिक राजनीतिक अवस्थाबारेमा जानकारी लिएको छ ।

खनालले राजनीतिमा देखिएको संकट र यसबाट सिर्जना हुनसक्ने समस्याबारे जानकारी गराए । प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थिति विषयमा जिज्ञासा राखेको र खनालले समसामयिक राजनीतिक अवस्थाबारे प्रकाश पारेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

Facebook Comments Box