सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू घोषणा गरेको छ।

वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको समितिले गरेको सिफारिसका आधारमा पुरस्कारहरू घोषणा गरिएको हो।

प्रतिष्ठानका अनुसार गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार  हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार विश्व कुईकेललाई प्रदान गर्ने निर्णय भएको छ।

त्यस्तै, सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार रन्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा। रवीन्द्र समीरलाई र सुरभि वेदमणी आख्यान प्रतिभा पुरस्कार लक्ष्मण खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ।

पुरस्कारहरू प्रतिष्ठानको पन्ध्रौँ स्थापना दिवसको अवसरमा  आगामी  २१ माघमा जोरपाटी बेसीगाउँस्थित ढोल्खा धारो कुटीमा प्रदान गरिने भएको छ। साथै उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोपिकृष्ण शर्मालाई अभिनन्दन गरिने पतिष्ठानले जनाएको छ।

सुरभि साहित्य प्रतिष्ठानले ढोल्खा धारो कुटीमा प्रत्येक महिनाको तेस्रो शनिबार मासिक आख्यान वाचन कार्यक्रम गर्दै आएको प्रतिष्ठानले सुलेख साहित्यिक मासिक पनि प्रकाशन गर्दै आएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *