सितोरियोको दिक्षान्त मधेस र कोशी प्रदेशमा सम्पन्न

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

शनिवार २८ पुष,काठमाण्डौ  । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार ७ वटै प्रदेशमा दिक्षान्त ( Black belt 1St Dan,2nd Dan,3rd Dan Grading ) कार्यक्रमको आयोजना गर्ने क्रममा मधेस र कोशी प्रदेशमा सम्पन्न भएको छ । संघले मधेस प्रदेशमा शुक्रवार र कोशी प्रदेशमा शनिवार दिक्षान्त सम्पन्न गरेका हुन । कार्यक्रमको नेपाल सितोरियो कराते संघका अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्गले एक बिशेष समारोह बिच सम्पन्न गर्नुभयो । दिक्षान्त समापन समारोहमा नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघका पदाधिकारीहरु र दुबै प्रदेशक पदाधिकारी,प्रशिक्षक,स्वयमसेवक प्रशिक्षक करातेकर्मी,खेलाडी,पत्रकार,स्थानियवासी लगायत खेल शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेका थिए । संघले मधेस प्रदेशको लाहनमा पुष २४ देखि २७ र कोशी प्रदेशको धरानमा पुष २५ देखि २८ गते सम्म सन्चालन गरेका थिए । कार्यक्रम सम्पन्नको पुर्व सन्ध्यामा दिक्षान्त कार्यक्रमलाई नेपाल कराते महासंघका अध्यक्ष एवम राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य-सचिव युवराज लामाले दिक्षान्तमा सहभागी सम्पुर्ण प्रशिक्षार्थीहरुलाई करातेको बिगत,बर्तमान,भविष्यको योजना र लक्ष सहित कराते को शैद्धान्तिक ६ वटा ‘क’ (6k Policy ) बारे बिशेष प्रशिक्षण गराउनु भएको थियो । 6K Policy अन्तर्गत (१)स्वास्थ्यका लागि कराते,(२)राष्ट्रका लागि कराते,(३)अनुशासनका लागि कराते,(४)आत्मरक्षा लागि कराते,(५)शान्ति र सामाजिक अभियानका लागि कराते , (६) अध्यात्म’बुदो’आत्मज्ञानका लागि कराते,बारे प्रकाश पारि अध्यक्ष लामाले प्रशिक्षण गराउनुभयो । यस अघि कार्यक्रमको मधेस प्रदेशमा प्रदेश सांसद ललिता दास ‘विद्रोही र कोशी प्रदेशमा प्रदेश सदस्य-सचिव हंशराज वाग्ले ले कार्यक्रम उदघाटन गरेका थिए । यस बर्ष गण्डकी प्रदेशवाट शुभारम्भ भएको दिक्षान्त कार्यक्रम वागमती प्रदेश,लुम्विनी प्रदेश,कर्णाली,मधेस र कोशी प्रदेशमा सम्पन्न भईसकेको छ,भने संघको बार्षिक कार्यक्रम अनुशार अव बाकी रहेको सुदुर पश्चिम प्रदेशमा माघ महिना भित्र सम्पन्न गराउने योजना रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’, जानकारी गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *