राष्ट्रपतिद्वारा बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तीन विधेयक प्रमाणीकरण गरेका छन्।उनले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्।

सरकारले गत जेठ १५ गते बजेट संसद्‌मा बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट शुक्रबार संघीय संसद्‌को दुबै सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि आएका विधेयक सोही धाराको उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *