लामाको नेतृत्वमा ४ सदस्य टोली मलेशिया प्रस्थान

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

एशियन कराते महासंघको बिशेष निमन्त्रणामा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा सहित ४ सदस्यीय टोली आईतवार मलेशिया प्रस्थान गरेका छन । उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले एक कार्यक्रम बिच बिदाई गर्नुभएको थियो । बिगत लामो समय देखि बिवादमा रहेको कराते खेल गत चैत्र ११ गते भएको ऐतिहाशिक निर्वाचन पछि केही बिवाद साम्य भएको थियो । नेपाल कराते महासंघको चैत्र ११ मा सम्पन्न भएको निर्वाचन लगायत नेपाली करातेको सत्य,तथ्य बिबिध विषयमा बिश्व कराते महासंघ र एशियन कराते महासंघलाई बिस्तृत जानकारी गराउने र एशियन कराते महासंघका पदाधिकारी संग बिशेष बैठक सहित छलफलमा सहभागी हुन त्यस तर्फ आफ्नो टोली प्रस्थान गर्न लागेको नेपाल कराते महासंघका नव निर्वाचित अध्यक्ष लामाले बताउनुभयो ।

उक्त टोलीमा अध्यक्ष लामा सहित,महासचिव दावा गुरुङ, उपाध्यक्ष तथा रेफ्री संयोजक प्रकाश धौवडेल, र कोषाध्यक्ष किशोर भट्टराई रहेका छन् । करिव ५ बर्ष अघि अर्थात, २०७५ साल फागुनमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को बिशेष पहलमा बिवादित दुई मान्यता प्राप्त कराते महासंघलाई एक बनाउने निर्णय सहित तदर्थ कमिटी गठन भएको थियो तर,उक्त नव गठित महासंघलाई दिईएको समय भित्र निर्वाचन गर्न नसकेपछि गत २०७९ माघमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङगले सो महासंघ बिगठन गरि युवराज लामाको अध्यक्षतामा तदर्थ समिति गठन गरि निर्वाचनको समय तोकिएको थियो । उक्त तोकिएको समय भन्दा करिव १ महिना अगावै लामाको नेतृत्वले चैत्र ११ गते निर्वाचन सम्पन्न गर्यो र अध्यक्ष लामा सहित २९ जना कार्य समिति निर्वाचित भएका थिए । सोही निर्वाचन लगायत नेपाली करातेको बिषयमा वान टु वान छलफल र यहाँको चरम ब्यक्तीवादी कराते भित्रको चलखेलको अन्त्य गर्न यस बैठकले अर्थ राख्ने लामाले बताए । केही ब्यक्तीवादी मानसिक्ता बोकेका करातेकर्मीहरुका कारण बिगत देखि बर्तमान सम्म केही अवरोधहरु खडा गरि ब्यक्तीगत फाईदा आर्जन गर्दै आएकाहरु लाई प्रजातान्त्रिक प्रकृयामा आउन आँट नगर्ने तर धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहने मनसायले करातेमा बिकाश हुन नसकेको प्रस्ट्याउदै यो छलफलले त्यस्ता प्रवृतीको अन्त्य हुने बिश्वास रहेको लामाले वताए । निर्वाचित नेपाल कराते महासंघको नेतृत्वले आगामी चीनको हाङझाओ मा हुन गईरहेको १९ औं एसियाली खेलकुदका लागि गत जेठ १६ र १७ गते ८ खेलाडीहरु छनोट गरिसकेको छ भने उक्त छनौट प्रतियोगितामा महासंघका सदस्य कृष्ण गौतम र प्रशिक्षक दिपक श्रेष्ठ बिच बादविवाद संगै हात हालाहालको स्थिति समेत भएको थियो,जसका कारण महासंघका सदस्य कृष्ण गौतम घाईते भएका थिए । सोही घटनाको महासंघले छानविन समिति गठन गरि छानविन गर्दै राष्ट्रिय तथा अन्तराराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक दिपक श्रेष्ठलाई ३ महिना कराते खेल गतिविधिमा प्रतिवन्ध र ३ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेका थिए तर,सो निर्णयको एक हप्ता नबित्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव टंकलाल घिसङ्गले १९ ओै एशियन गेम्स सचिवालयमा मनोनित गरेका थिए,जसका कारण करातेमा केही तरंग उत्पन्न भएको थियो ।

उता पुरेन्द्रविक्रम लाखे पुर्व अध्यक्ष रहेको भनिएको महासंघले पनि काठमाण्डौमा एउटा क्लवका खेलाडी भेला पारेर छनौट गरेको छ । यसले अझै पनि कराते महासंघको दोहोरो अस्तित्व समाप्त भएको छैन भन्ने भ्रम श्रृजना गरेको छ । तर यस पटक १७ ओै एशियाड जस्तो कराते खेलमा नहुने स्पष्ट पार्दै,राखेप र नेपाल ओलम्पिक कमिटिले लामाले नेतृत्व गरेको नेपाल कराते महासंघ नै आधिकारिक रहेको साथै १९ ओै एसियाली खेलकुदमा पनि त्यहि महासंघले छनोट गरेको खेलाडी जाने प्रष्ट पारिसकेको छ । लामाको टोलीले जुलाई १८ अर्थात,साउन २ गते मंगलवार मलेशिया स्थित मेलकामा बैठकमा सहभागि जनाउदै ४ साउनमा स्वदेश फिर्ता आउने कर्यक्रम रहेको लामाले जानकारी गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *