काठमाडौँ- साताको अन्तिम कारोबारको दिन सेयर बजार १८ अंकले बढेको छ। आज बजार १७.९२ अंकले बढेको हो । १८ अंकले बढसँगै बजार परिसूचक २१४३.७६ मा उक्लिएको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको परिसूचक सेन्सेटीभ इन्डेक्स ०.६४ प्रतिशतले बढेर ४११.३३ मा कायम रहेको छ।
उप-सूचकतर्फ बिहीबार बैंकिङ क्षेत्र ०.३१ प्रतिशत तथा अन्य क्षेत्र ०.८७ प्रतिशतले घट्दा बाँकी ११ सूचक बढेका छन् ।
१८ अंकले बजार बढ्दा कारोबार रकममा पनि उलेख्य बढोत्तरी भएको छ । आज २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ७१ हजार ८१६ पटकमा खरिद बिक्री भएको छ। अघिल्लो दिनको कारोबारमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बजार बढ्दा कारोबार भएका १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै चन्द्रागिरि हिल्स, बुद्ध भूमि नेपाल नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ।
Facebook Comments Box