कोरोना कहर: विश्वमा आक्रामक राष्ट्रवाद बलियो, स्वतन्त्र व्यापार कठिन – अन्तराष्ट्रिय विज्ञहरु

खवर पाटी (खोज खबरको अभियान)

अन्तराष्ट्रिय स्तरका चर्चित बिष्लेषक तथा बिचारकहरुको भनाई छ कि कोरोना पछि विश्वको नेतृत्व अब अमेरीका हैन चीनले गर्नेछ । केही भनाई छ कि चीनको नेतृत्व कमजोर हुने छ भने कतिपयको भनाई अब विस्वाव्यापीकरणको अन्त्य हुने छ ।
कतिपय मानिसहरुले के आशा गरीरहेका छन् भने दुनियाभरमा नयाँ खालको सहयोगको वृद्धि हुनेछ । अर्कोतिर विश्वमा आक्रामक राष्ट्रवाद बलियो हुनेछ र स्वतन्त्र व्यापार कठिन हुनेछ । स्वेच्छाचारी शासन गर्ने नेताहरुले कोरोनाको फाईदा उठाएर आफैलाई थप बलियो बनाउनेछन् । जब कि जनतामाथि अनेकौ खालका प्रतिवन्धहरु र निगरानी तथा नियन्त्रण थोपरीनेछ ।

श्लोमो बेन-एमी

विश्वभरका बिचारक, अर्थशास्त्री र दार्शनिकहरु के भन्छन् ?

स्लोमो बेन –एमी
इजराइलका पूर्व विदेश मंत्री तथा टोलेडो इंटरनेशनल सेंटर फर पीसका उपाध्यक्ष स्लोमो बेन एमीले ‘स्कार्स अफ वार’ र ’वुंड अफ पीसः द इजराइल–अरब ट्रैजिडी’ नामक दुई पुस्तक लेखेका छन् । उनको भनाई छ कि मानिस र सामानहरुको आवतजावत र ओसार पसार विश्वमा सधैभरी रहेको छ । माहामारी पनि मानव सभ्यतामा अनिवार्य उपस्थिति रहेको छ । ईतिहासमा देखिएको छ कि महामारी पछि पुराना मान्यताहरु हटेर नयाँ चीजहरु सामुन्नेमा आउदछन् । पुराका पुरा व्यवस्थाले फड्को मार्दछ । स्लोमो लेख्छन् ‘ चाहे कुनै पनि महामारी पहिलेदेखि अनुमान नगरिएको होस् या नहोस् , यस्तो स्थितिमा सरकारको पोल खुल्दछ । माहामारी आउदा अक्सर सरकारहरु परिस्थिति सम्हाल्न नाकाम रहन्छन् । यस्तो पहिलेका महामारीमा पनि थियो र अहिले कोरोना भाईरसको महामारीमा पनि छ ।’
४४ बर्षकै उमेरमा साहित्य तर्फ नोवेल पुरस्कार विजेता कनेका फ्रेन्च–अल्जेरियन लेखक अल्बेर कामुले आफ्नो उपन्यास “ द प्लेग”मा यस्ता प्रवृतिहरुको उजागर गरेका छन् । चीनले शुरुमा कोरोना भाईरसको संक्रमणसगँ जोडिएको सूचनाहरु दवाउने कोशिश गर्यो । अमेरीकी राष्ट्रपति ट्रम्पले पनि शुरुमा यसको उपेक्षा गरे । उनले यस खतरालाई कम आंकलन गरे । ट्रम्यले कोविड–१९ लाई सिजनल फ्लुसगँ तुलना गरेका थिए । यसै गरी यो उपन्यासमा एक बिशेष अधिकारीले प्लेगलाई बिशेष खालको ज्वरो भनेको उल्लेख छ ।
ईजरायलका पूर्व विदेश मन्त्री स्लोमोले नेताहरुमा दुरदर्शीता नभएका कारणले महामारी आए पछि नागरिकहरुमा बाँच्ने विकल्प धेरै हुदैन । बाध्यताका कारण सामाजिक दुरीलाई एक मात्र विकल्पको रुपमा पेश गरीन्छ ।
स्लोमो भ्याक्सिन नभएको भनेर अफबाहहरु फैलाईएको दाबी गर्दछन् । कोही ब्लीच पिउने सल्लाह दिन्छन् त कोही लसुन खाने कोही भन्छन् कि मुसलमानलाई कोरोनाले छुदैन । यति सम्म कि अमेरीकी राष्ट्रपति समेत तरह तरहका उपचारको कल्पना गरीरहेका छन् । यो संरचना हरेक महामारीमा देखिने गरेको छ । कोरोना भाइरसले अहिले जुन आर्थिक संकट खडा भएको छ यो पहिलेको महामारीमा पनि थियो । दोस्रो शताव्दीमा आएको एटोनाईन प्लेगले रोमन साम्राज्यको ईतिहासमा सबै भन्दा भयंकर आर्थिक संकट पैदा गरेको थियो । ५४१–५४२ शताव्दीमा आएको जस्टिनियन प्लेग रोकिदै फैलिदै दुई शताव्दी सम्म रह्यो । यसले पनि भेजनटाईन साम्राज्यलाई आथिक रुपले तहसनहस पार्यो ।
माहामारीबाट न केबल अर्थव्यवस्था तहसनहस हुन्छ बरु समाजमा असमानताको खाडल झन गहिरो हुन्छ । यथास्थितिप्रति मानिसमा असन्तुष्टी पैदा हुन्छ । रोगले भलै धनी र गरीबको बीचमा भेदभाव गर्दैन । तर गरीब जुन स्तरको जीवन बाँच्न बाध्य छ यसै कारणले उनीहरु बढी सजिलै शिकार हुन्छन् माहामारीको । जो बाँच्न सफल हुन्छन् उनीहरुको जीवन अझ कठिन बन्छ ।

मानौ एक महादेशमा कसैलाई हाच्छ्यु आयो त्यसको चपेटामा बाकी सबै विश्व पर्यो । जब महामारी आउछ राष्ट्रियता, नस्ल,लिंग र धर्मले कुनै महत्व राख्दैन । हामीले चम्चीबाट समुन्द्र खाली गर्न सक्दैनौ , सबै एक साथ आउनु पर्दछ ।

महामारीको बेला षड्यन्त्रको कुरा प्रचार गर्नु पनि एक खालको संरचना नै हो । जब एंटोनियो प्लेग आएको थियो । यसका लागि रोमका शासकले ईशाईहरु जिम्मेवार रहेको बताएको थियो । ईशाईको दबदबा रहेको यूरोपमा १४ औं शताव्दीमा जब ब्लाक डेथ( कालो ज्वरो)को माहामारी आयो । यसबेला यहुदीहरुमाथि दोष थोपरीयो । आज जब कोरोना भाईरसको चपेटामा दुनिया आयो फेरी पनि षड्यन्त्रको कथाहरु चलिरहेका छन् । यसमा फाईभ जी टेक्नोलोजी, अमेरीकी सेना, चीनीया सेना र यहुदीहरु सम्मलाई जिम्मेवार ठानिदैछ ।
मसलन, एंटोनाइन और जस्टिनियन प्लेगको महामारी पछि यूरोपमा ईशाई धर्मको प्रसार व्यापक भएको थियो । ब्लाक डेथ पछि मानिसहरुमा धर्ममा फेरी कम रुची भयो र उनीहरुले विश्वमा मानवताको दृष्टिकोणबाट हेर्न थालेका थिए । यो बदलाव अघि बढेर यूरोपमा पुनरजागरणको संवाहक बन्यो । स्पेनिस फ्लु पछि ठूलो स्तरमा मजदुर आन्दोलन शुरु भयो र साम्राज्यवादी शक्तिको विरुद्ध मानिसहरु सडकमा आए । भारतमा माहामारीले लाखौँ मानिस मरे पछि स्वतन्त्रताको आन्दोलनमा बल मिल्यो । दुई वटा विश्व युद्धबाट के साबित भएको छ भने संकीर्ण राष्ट्रवादसगँ शान्ति र स्थीरता रहन सक्दैन । यस महामारीले संकेत दिएको छ कि तत्काल राष्ट्र राज्य र अन्तराष्ट्रिय संस्थाहरुका बीच एक सन्तुलन जरुरी छ यो उपाय विना कोरोना भाईरसको महामारीले अझै भयावह रुप लिनेछ ।

युवाल नोआ हरारी, इतिहासकार और दर्शनशास्त्री

 

युवाल नोआ हरारी, इतिहासकार एवं दर्शनशास्त्री

“स्यापिन्स” जस्ता चर्चित पुस्तकका लेखक हरारीले कोरोनाका कारण निगराजी राज शुरुवात हुने दावी गरेका छन् । उनले फाईनान्सीयल टाईम्सको एक चर्चित लेखमा सरकारल, ठूला कम्पनीले मानिसको ट्रयाकिगं,मोनिटरिङ र म्यानुपुलेट गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्नेछन् । यदी हामी सचेत नहुने हो भने महामारी सरकारी निगरानीको मामलामा एक माईलको पत्थर साबित हुनेछ । ती देशहरुमा व्यापक निगरानीको व्यवस्था लागू गर्न सजिलो हुनेछ जसले अहिले सम्म यसलाई ईन्कार गरीरहेको छ । यति मात्र हैन यो ओभर द स्क्रिीन ( छारा बाहिर)को ठाँउमा अण्डर द स्किन(छाला भित्र)को निगरानीमा बदलिने छ । अब यो तय हुनेछ कि जब तपाई आफ्नो औला स्मार्टफोनबाट एक लिंकमा क्लिक गर्न पुग्दछ तब सरकारले जान्न सक्छ कि तपाईले के हेरीरहनु वा पढीरहनु भएको छ । तर कोरोना भाईरसका कारण अब ईन्टरनेटको फोकस बदलिनेछ । अब सरकारले तपाईको औलाको तापक्रम र छाला भित्रको ब्लड प्रेसर पनि थाहा पाउन थाल्नेछ ।

महामारीपछि अमेरीकाले विश्वको नेतृत्व गर्न पाउने छैन । उ आफ्नै देशभित्र महामारीलाई ठीक ढंगले नियन्त्रण गर्न सकिरहेको छैन । अमेरीकी सरकार आफै आफ्नो हितका लागि सीमित हुदैछ । जब दुनिया मुस्किलमा आयो अमेरीकाले आफैलाई सम्हाल्न सकीरहेको छैन ।

निगरानीले कतिपय फाईदा देख्न पुग्दछ । मानौँ कुनै सरकार आफ्नो नागरिकसगँ भनोस् कि सबै जनाले एक बायोमेट्रीक ब्रासलेट लगाउन अनिवार्य छ । ब्रासलेटबाट शरीरको तापक्रम र २४ घण्टा मुटुको धड्कन मनिटर गरीरहन्छ । यसबाट प्राप्त हुने तथ्य एल्गोरिद्यमा गईरहन्छ र त्यसको बिष्लेषण भईरहन्छ । तपाई बिरामी भएको कुरा पत्ता लगाउनेछ । साथै यसबाट तपाईले विरामी हुनु अघि कहाँ को कोसगँ भेट्नु भयो । यस सिस्टमले संक्रमणको चेन छो्याउने छ । सुन्दा निकै राम्रो लाग्छ नि हैन ?
यो याद राख्नु पर्दछ कि आक्रोस, खुसी घृणा र प्रेम एक जैविक प्रकृया हो जस्तो कि ज्वरो र खोकी जस्तै । जुन प्रविधिले खोकी पत्ता लगाउनेछ त्यसैले हाँसोको पनि लगाउनेछ । यदी सरकार र ठूला कम्पनीहरुले ठूलो परिणाममा हाम्रो डाटा संकलन गर्ने स्वतन्त्रता प्राप्त गर्दछन् भने उनीहरु हाम्रो बारेमा हामी भन्दा पनि धेरै जान्ने हुनेछन् । उनीहरु हाम्रो भावनाको पहिल्यै अन्दाज लगाउदछन् र हाम्रो भावनामाथि खेलवाड पनि गर्न सक्नेछन् । अनि उनीहरु हामीलाई चाहेको कुरा बेच्न सक्छन् र नेताले पनि त्यसै गर्न सक्छन् । बायोमेट्रिक डेटा हार्वेस्टिङ पछि क्याम्ब्रीज एनालिटिका एनालिटिका पाषाण पुगको प्रविधि लाग्न सक्छ । कोरोना भाईरसको फैलावटले नागरिकको अधिकार र कर्तव्य दुबैतिर धक्का दिन सक्छ । यदी हामीले सही फैसला गरेनौ भने हामीले आफ्नो सबै भन्दा मुल्यवान स्वतन्त्रता गुमाउने छौँ । हामीले यो मान्ने छौँ कि सरकारी निगरानी स्वास्थ्य रक्षाका लागि सही निर्णय हो ।

अमर्त्य सेन

अमत्र्य सेन

अर्थशास्त्रका नोवेल पुरस्कार बिजेता अमत्र्य सेन फाईनान्सियल टाईम्समा लेख्छन्, कोरोना भाईरस अघि पनि विश्वमा कम समस्या भने थिएन । दुनियाभरमा असमानता चरम छ । यो असमानता अलग अलग देशहरु भित्र पनि र देशहरुको बीच पनि । विश्वको सबै भन्दा धनी देश अमेरीकामा लाखौँ मानिसहरु मेडिकल सुविधाबाट बञ्चित छन् । लोकतन्त्र विरोधी राजनीति ब्राजिलदेखि बोलिभिया सम्म र पोल्याण्डदेखि हंगेरी सम्म बलियो भएको छ ।
यो संभव छ महामारीको साझा अनुभवबाट पहिले देखिकै समस्याहरुको समाधान खोज्न मद्धत मिल्ला ? निश्चित छ कि यदी साथै मिलेर यो महामारी विरुद्ध लड्ने र पछि सम्हालिने कोशिस भयो भने धेरै राम्रा चीजहरु हासिल हुन सक्छ । दोस्रो विश्वयुद्धलाई उदाहरणको रुपमा हेर्न सकिन्छ । विश्वका मानिसले यो महसुस गरेका थिए कि अन्तराष्ट्रिय सहयोग विना शान्तिप्रिय र स्थीर विश्व हुन सक्दैन ।
सँयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय मुद्राकोष र विश्व बैंकको जन्म दोस्रो विश्वयुद्ध पछि नै भयो । दोस्रो विश्वयुद्ध पछि बेलायतमा खाद्य संकट पैदा भयो र कुपोषण बिकराल भएर आयो । खाद्य सामाग्री कमी हुनुका बाबजुद बेलायतले बराबरी हिस्सा र सामाजिक सहयोगको माध्यमबाट खाद्य संकटको उत्कृष्ट व्यवस्थापन गर्यो ।

यस महामारीबाट सरकार थप मजबुत हुनेछ र पुरै दुनियामा राष्ट्रवाद वृद्धि हुने छ । सरकारले यसको सामना गर्न संकटकालीन नियमहरु लागु गर्नेछ 

वर्तमान संकटलाई हेरेर कुनै यस्तै राम्रो आशा गर्न सकिन्छ ? कुनै पनि संकटलाई कुन तरीकाबाट समाधान गर्दछौ त्यसैमा निर्भर गर्ने छ कि यसबाट के हासिल हुन सक्छ । यहाँ राजनीति सबै भन्दा महत्वपूर्ण छ र साथमा शासक र शासितको सम्बन्ध । युद्धको समयमा पनि बेलायतले नागरिकलाई राम्रो खाना र स्वास्थ्य प्रवन्ध गरिएको थियो । सन् १९४३ मा बंगालमा भएको भयावह अनिकालले ३० लाख मानिसको मृत्यु भयो । जब कि ब्रिटिश शासकहरुले यो मृत्युलाई रोक्ने कुनै कोसिस गरेनन् । समानता जस्ता कुराहरुमा ध्यान दिईएको छैन । अमेरकिामा काला मानिस यानेकि अफ्रीकी अमेरीकी नागरिकहरु बढी मात्रामा कोरोना संक्रमणका कारण मरीरहेका छन् । सिकागोमा अफ्रीकी अमेरीकीहरुको जनसंख्या केवल एक तिहाई छ जब कि कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनीहरुको हिस्सा ७० प्रतिशत छ । जुन देशमा असमानता धेरै छ महामारी त्यही देशमा बढी खतरनाक हुनेछ चाहे भारत होस् या ब्राजिल या हंगेरी ।
भारत एक अर्को समसबाट पनि गुज्रिरहेको छ । लोकतन्त्रको मुल्यहरुमाथि हमला भईरहेको छ । मिडिया स्वतन्त्रतामाथि शिकजा कस्दै गईराखिएको अवस्था छ ।

स्टीफ़न एम वॉल्ट
स्टेफन एम वाल्ट,प्रोफेसर

हार्वर्ड यूनिवर्सिटीमा इंटरनेशनल रिलेशनका प्रोफेसर वाल्ट भन्छन् कि यस महामारीबाट सरकार थप मजबुत हुनेछ र पुरै दुनियामा राष्ट्रवाद वृद्धि हुने छ । सरकारले यसको सामना गर्न संकटकालीन नियमहरु लागु गर्नेछ र महामारी सकिए पछि पनि यी कानुनहरुलाई आफ्नो फाईदाको लागि जारी राखिनेछ ।

भ्याक्सिन नभएको भनेर अफबाहहरु फैलाईएको दाबी गर्दछन् । कोही ब्लीच पिउने सल्लाह दिन्छन् त कोही लसुन खाने कोही भन्छन् कि मुसलमानलाई कोरोनाले छुदैन । यति सम्म कि अमेरीकी राष्ट्रपति समेत तरह तरहका उपचारको कल्पना गरीरहेका छन् । यो संरचना हरेक महामारीमा देखिने गरेको छ ।

कोविड–१९ ले पश्चिमाहरुको शक्तिलाई सिफ्ट गरिदिनेछ । सिंगापुर र दक्षिण कोरीयाले यस महामारीको उत्कृष्ट ढंगले सामना गरेका छन् । चीनले पनि शुरुवाती गल्ती पछि आफैलाई सम्हाल्यो । अर्कोतिर यूरोप र अमेरीका यस महामारीका सामुन्ने लाचार बनिरहेका छन् । यस्तो स्थितिमा विश्वको नेतृत्व पश्चिमबाट पूर्वतर्फ जानेछ । पश्चिमा ब्रान्ड पूर्ण तरहले प्रभावित हुनेछ । यस माहामारीपछि अन्तराष्ट्रिय सहयोगमा ठूलो असर पर्नेछ । संक्षेपमा भन्दा कोविड–१९ पछि विश्व कम खुल्ला,कम सम्पन्न र कम स्वतन्त्रता सहितको हुनेछ ।

रिचर्ड एन हास

रिचर्ड एन हास

काउन्सील अन फोरेन रिलेसनका प्रमुख रिचर्ड एन हासले फोरेन पोलिसी म्यागेजिनमा लेखेका छन् कि कोविड–१९ भन्दा अघि नै अमेरीकी मोडेल असफल भईसकेको थियो । अमेरकिी मोडेल सन् २००८ को मन्दीमा पनि नाकाम सावित भएको थियो । अब यस महामारीमा पनि स्पष्ट देखिएको छ । कोविड–१९ एक देशमा शुरु भयो र तीव्र गतिमा विश्वभर फैलियो । यो स्पष्ट छ कि विश्वव्यापीकरण एक सच्चाई हो न कि खुसी । तर यस महामारीले गरीब धनी, पूर्व पश्चिमदेखि लिएर खुल्ला र बन्द सबै देशको पोल खोलिदियो । जब दुनियाको दुई ठूला शक्ति अमेरीका र चीन मिलेर महामारीको सामना गर्नु पर्ने थियो त्यतिखेरै दुवै देशको सम्बन्ध ऐतिहासिक रुपले खराब छ ।
यस महामारी पछि परिस्थिति अझ विग्रिनेछ । दुवै देश भित्र जनताको मनमा कोरोना भाईरसदेखि लिएर थुप्रै कहानीहरु छन् । अमेरीकामा धेरै मानिसहरु सोच्दछन् कि चीनले जानी बुझी कोरोना फैलायो । चीन अहिले आफ्नो मोडल बेच्न लागि परेको छ कि उसले कोरोना नियन्त्रण गर्यो । अर्कोतिर अमेरीका बाँकी दुनियाबाट आफैलाई अलग गरिरहेको छ ।

फ्रेडरिका मोगेरिनी

फ्रेडरिका मोगेरिनी

युरोपेली युनियनकी विदश मामला र सुरक्षा नीति सम्बन्धि प्रतिनिधि रहेका फ्रेडरिका मोगेरीनीले प्रोजेक्ट सिन्डिकेटमा लेखेकी छन् कि यस महामारीले केही स्पष्ट सन्देश दिएको छ । चीनको वुहानमा यो महामारी शुरु भयो र अहिले दुनिया संकटमा आयो । मानौ एक महादेशमा कसैलाई हाच्छ्यु आयो त्यसको चपेटामा बाकी सबै विश्व पर्यो । जब महामारी आउछ देहहरुको जनताको राष्ट्रियता, नस्ल,लिंग र धर्मले कुनै महत्व राख्दैन । हामी सबैको शरीरलाई भाईरसले एकै खालको व्यवहार गर्दछ । यसको कुनै मतलव छैन कि को के हो भनेर ।
अर्को कुरा हाम्रा छिमेकीहरुको हालत कस्तो छ ? यो तपाईको भविष्यसगँ सम्बन्धित छ । यदी छिमेकी मुस्किलमा छ भने यो हाम्रो पनि मुस्किल हो । आजको दुनिया आपसमा जोडिएको छ । यस कारण कुसैको पनि संकट उसैमा मात्र सीमित रहदैन । साचो त यो हो कि एकता आजको नयां स्वार्थ हो । विश्वव्यापी समन्वय अति जरुरी छ । हामीले अन्तराष्ट्रिय संगठनहरुमा लगानी बढाउन आवस्यक छ । हामीले चम्चीबाट समुन्द्र खाली गर्न सक्दैनौ , सबै एक साथ आउनु पर्दछ ।

कोरी शेक्स
कोरी शेक्स

इंटरनेशनल इंस्टिच्यूट फर स्ट्रैटिजिक स्टडीजका उपमहानिर्देशक कोरी शेक्स भन्छिन् यस महामारीपछि अमेरीकाले विश्वको नेतृत्व गर्न पाउने छैन । उ आफ्नै देशभित्र महामारीलाई ठीक ढंगले नियन्त्रण गर्न सकिरहेको छैन ।
अमेरीकी सरकार आफै आफ्नो हितका लागि सीमित हुदैछ । जब दुनिया मुस्किलमा आयो अमेरीकाले आफैलाई सम्हाल्न सकीरहेको छैन । अब विस्वव्यापीकरण अमेरीका हैन चीन केन्द्रीत हुनेछ । यसको शुरुवात ट्रम्प आए लगत्तै भएको थियो । अब यो अझै तीव्र हुनेछ ।
– बिबिसी हिन्दी

Facebook Comments Box