रवि छामिछानेको अभिव्यक्तिप्रति महासंघको निन्दा, युनियनद्वारा खेद प्रकट

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’, भनेको छ ।

‘संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र  सञ्चार क्षेत्रमाथिको प्रहार हो, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग जोड्दार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

 

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति चिन्तासमेत व्यक्त गरिएको छ ।

युनियनद्वारा खेद प्रकट  

नेपाल प्रेस युनियनले संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सभापति लामिछानेले पत्रकारिता क्षेत्रलाई प्रमाणहीन आरोप लगाएको युनियनले उल्लेख गरेको छ ।

‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन्, आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ’ युनियनद्धारा आज जारी विज्ञप्‍तिमा भनिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *