नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री दाहाल

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै दाहालले सो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको छ । हामीले जनताको चाहना अनुसार अघि बढौँ भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो,’ नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठकपछि भने । उनका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *