राप्रपा राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ। शनिबार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

अध्यक्ष लिङ्देनका अनुसार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन २३ गते पुन: बस्नेछ। राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे फागुन २३ को बैठकबाट निर्णयमा पुग्ने उनले जानकारी दिए। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने विषयमा विवाद थियो। तर नेताहरूले सर्वसम्मत रूपमा यो निर्णयमा पुगेको पनि दाबी गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *