कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनले चलेको छ: केपी शर्मा ओली

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनबाट चलेको टिप्पणी गरेका छन्। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन दलका नेताहरू आफ्नो अस्तित्व रक्षाको लागि गठबन्धन भनेर कराइरहेका उनको भनाइ छ।

ओलीले भने, ‘कांग्रेस बिरामीले नाकमा अक्सिजन लगाएको जसरी चलेको छ। प्रचण्ड नामको अक्सिजन लगाएको छ। प्रचण्डलाई कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन। माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन यो चुनावसम्म उहाँले नक्कली सिगौँरी खेल्दै हुनुहुन्छ। अलिअलि भूँइ खोस्रिनुहुन्छ। चुनाव भएपछि सबै साफ हुन्छ।’

देउवालाई प्रधानमन्त्री बनाउनका लागि सारा कांग्रेस नेताहरू सहिद हुनुपर्ने अवस्था आएको उनले बताए। उनले गठबन्धन सरकारले भ्रष्टाचार, विकृति र विसंगति मच्चाएको आरोप  पनि लगाए।

‘यो निर्वाचन अरू बेलाको जस्तो आउँछन् जान्छन् जस्तो होइन। देशको भाग्य र भविष्य फैसला गर्ने निर्वाचन हो। हरेक नेपाल सजक र सचेत हुनुपर्छ। परमादेशबाट बनेको गठबन्धन सरकारले जनादेशको महत्व बुझेको छैन’ उनले भने।

सबैतिर सेटिङ मिलाएर आफ्नो स्वार्थको लागि गठबन्धन टिकाएको उनको टिप्पणी छ। उनले नागरिकता विधेयकमा संशोधनसहित ल्याउनुपर्ने समेत बताए। जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता विधेयक संशोधन गरेर ल्याउनुपर्ने बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *