सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता जेठको पहिलो साता

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

 नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग तथा स्वीकृती एवम नेपाल ओलम्पिक कमिटि र दक्षिण एशियाली कराते महासंघको स्वीकृतीमा नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २५ औं बार्षिकोत्सवको अवशरमा १० ओै सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता आगामी जेठ ४ गते शुक्रबार देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,श्रीलंका,वंगलादेश र भुटानका खेलाडीहरु सहभागिता हुने कार्यक्रम संयोजक तथा नक्साल डोजोका अध्यक्ष गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ले जानकारी गराए । प्रतियोगितामा महिला तथा पुरुष पुरुष तर्फचिल्ड्रेन,क्याडेट,जुनियर र सिनियर ईभेन्टसमा गरि कुल ४५ स्वर्णका निम्ति प्रतिस्पर्धा हुनेछ । दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न सफल भईसकेको यस शाखाले प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुककै अग्रपंक्तीको डोजोको रुपमा परचित रहेका छ । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २५ औं कार्यक्रम हो । यस प्रतियोगिताले क्षमता,योग्यता,अनुभव र दक्ष भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका गरिव तथा जेहेन्दार खेलाडीहरुका निम्ति राम्रो माध्यम र गतिलो प्लेटफर्म सावित नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले बताउनुभयो । तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *