रास्वपाको अपरिपक्व निर्णय

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । आइतबार नै रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएर विदा भए । दिउँसो पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर नेपाली सञ्चारमाध्यम प्रति आफ्नो लामो असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौंथो ठुलो राजनीतिक दल हो । राष्ट्रिय राजनीतिमा नयाँ र वैकल्पिक शक्तिको रुपमा उदाएको जिम्मेवार दलको तर्फबाट भएको पत्रकार सम्मेलनमा अध्यक्षबाट जुन किसिमको असन्तुष्टि र आक्षेप पूर्ण भावना व्यक्त भए त्यो पुर्वाग्रही दोषपूर्ण भएको सवै क्षेत्रबाट प्रतिकृया आउन थालेको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले फैसला गरेपछि उनको गृहमन्त्री पद गुमेको थियो । यसकै दोषी उनले नेपाली सञ्चार माध्यम र पत्रकारहरुलाई लगाएका छन् । उनले खुलेरै पत्रकारसम्मेलनमा नामै किटेर केही सञ्चार माध्यम र संचालन र सम्पादकहरुलाई चुनौती दिइरहँदा दिर्घामा पत्रकारहरु संयमित भएर सुनिरहेका थिए । रास्वपाका अध्यक्षको यस किसिमको आरोपपूर्ण अभिव्यक्ति उचित र व्यवहारिक थिए ।

यस कार्यको विरोध गर्दै नेपाल पत्रकार महासंघ र नेपाल पे्रस युनियनले विरोध समेत जनाएको छ । नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । महासंघले विज्ञप्ति नै जारी गरी ‘पत्रकार सम्मेलनमा सभापति लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’, भनेको छ । संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग जोड्दार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति चिन्तासमेत व्यक्त गरिएको छ ।

अर्कोतर्फ रास्वपाले गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने निर्णय गर्नु पनि व्यवहारिक होइन । उसले समर्थन जारी राख्ने गरी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । अध्यक्षको अयोग्यता प्रति सवै माननीय हरुले समेत सरकार र जिम्मेवार पद छाड्नु उचित थिएन । निर्वाचनबाट प्राप्त म्याण्डेट रास्वमा सरकारमा जाने नभई प्रतिपक्षमै बस्ने थियो । तर रास्वपाले सरकारमा जाने हतारो देखायो । रविको नागरिकता प्रकरणबाट फेरी सरकारबाट बाहिरिने हतार ग¥यो । यो असंयमता र अव्यवहारिक पनाले रास्वपाले जनताको हितमा कसरी कम गर्न सक्छ ? प्रश्नहरु तेर्सिएका छन् । रास्वपाले यसको व्यवहारिक सुधार र परिवर्तनबाट जनतालाई जवाफ दिनुपर्ने छ । अर्कोतर्फ अध्यक्ष रवि लामिछानेले अहिले कानुनी अड्चनहरुालाई समाधान गरेर एक जिम्मेवार नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्के संयमित र व्यवहारिक व्यवहार देखाउनु पनि आवश्यक छ । त्यसैले रवि संयमित हुनुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *