सरकारको विकल्प खोज्ने समय आएको छः नेता कोइराला

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।

आईतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी भएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताए । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाकाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छाँै । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्साको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’ पार्टीका उपाध्यक्षसमेत रहेका उनले प्रधानमन्त्रीको भ्रमणमा अनुशासनको बारेमा ध्यान दिन पनि आग्रह गरेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *