नेकपाले अब जनताको नेतृत्व गर्छः नेत्रविक्रम चन्द

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दावी गरेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे दावी गरेका हुन्। उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको पनि बताए।

उनले भने, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ। बैंकहरूमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ। नेपालको अर्थतन्त्रको हिसाब गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ। ९० प्रतिशत जनताहरू गरिबीको मारमा धकेलिरहेका छन्। लाखौँलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ।’

महासचिव चन्दले अब देशकाे जिम्मा नेकपाले लिने दावीसमेत गरे। ‘हाम्राे पार्टीले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ। नेपाली जनताले जे सपना जे चाहना राख्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ। पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ’, उनले भने। महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेकोसमेत आराेप लगाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *