१० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्। यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।
Facebook Comments Box