रवि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने सरकारी वकिल कार्यालयको ठहर

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमडौँ– रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयले ठहर गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको दोहोरो राहदानीको प्रकरणमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रहरीको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले पनि सहमति जनाएको हो।

स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो। प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।

लामिछानेले अमेरिकी र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको भन्दै त्यसको अनुसन्धान हुनुपर्ने माग राख्दै उजुरी परेको थियो। युवराज सफलले गृह मन्त्रालयमा हालेको उक्त उजुरी जिल्ला प्रशासन कार्यालय काठामाडौँ हुँदै जिल्ला प्रहरी परिसर काठमाडौँसम्म पुगेको थियो।

त्यसपछि लामिछानेको दोहोरो पासपोर्टबारे अनुसन्धान अघि बढेको थियो। नागरिकता विवादमा लामिछानेको सांसद पद खारेज भएपछि चितवन क्षेत्र नम्बरमा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने तय भएको छ। उनी फेरि निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *